सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पनौती नगरपालिकाको दुई वटा वडा सिल

पनौती नगरपालिकाको दुई वटा वडा सिल

412900
Shares
पनौती नगरपालिकाको दुई वटा वडा सिल

काभ्रे, २७ असारः पनौती नगरपालिकाले कोरोना संक्रमित देखिएको दुई वटा सिल गरेको छ । नगरपालिकाले वडा नम्बर २ र ९ लाई सिल गरेको हो । वडा नम्बर २ का ४७ बर्षीय महिला र वडा नम्बर ९ का २६ बर्षीय पुरुषमा पाटन अस्प्तालमा स्वास्थ्य परीक्षण गराउने क्रममा कोरोना संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले एक सूचना मार्फत वडा नम्बर २ को पूर्वमा ठाडेखोला, पश्चिममा खोल्सिखोला, उत्तरमा मिजारको गौडाबाट तलतिर र दक्षिणमा लप्सेटार जाने बाटोको पूर्बीभाग सिल गरिएको जानकारी दिनुभएको छ । त्यस्तै वडा नम्बर ९ को पश्चिममा जुगेनी खोल्सा नागेचौर, पूर्वमा जाइडोल खोल्सा पारि, उत्तरमा भुतेको वन मदन आश्रित पार्क मुनितिर र दक्षिणमा जुगेनी खोल्सा सिल गरिएको अधिकारीले बताए ।

नगरपालिकाले समुदायमा संक्रमणको उच्च जोखिम हुनसक्ने भन्दै आफ्नै घरमा सुरक्षाका मापदण्ड अपनाएर बस्न आग्रह गरेको छ । नगरपालिकाले अत्यावश्यक परिस्थिति सिर्जना भई कोहि कसैलाई घर बाहिर जानुपर्ने वा आउने पर्ने भएमा प्रहरी, स्वास्थ्यकर्मी र वडाध्यक्षसँग समन्वय गर्न आग्रह गरेको छ ।

412900
Shares

ट्रेन्डिङ