सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

4580
Shares
वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

भदौ १८, काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिययसभामा लैजाने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

यसअघि फागुन १४ गते पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेको जानकारी दिएका हुन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रिय सभाको एक रिक्त पदमा मन्त्रिपरिषद्ले मनोनयन गर्ने सरकार पुगेको जानकारी गराउनु भयो’, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बालुवाटारमा भने।

4580
Shares

ट्रेन्डिङ