सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको महाभारतमा आफैले बोकेको बन्दुक पड्किदा एक जनाको मृ त्यु

काभ्रेको महाभारतमा आफैले बोकेको बन्दुक पड्किदा एक जनाको मृ त्यु

5010
Shares
काभ्रेको महाभारतमा आफैले बोकेको बन्दुक पड्किदा एक जनाको मृ त्यु

 

काभ्रेको अति विकट क्षेत्र महाभारत गाउँपालिकामा बन्दुक पड्किदा एक जनाको ज्या न गएको छ ।

बन्दुक पड्किदा महाभारत गाउँपालिका वडा नं २ का राम बहादुर गालेको मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जानकारी दिएको छ ।

राम बहादुर आफैले बोकेको बन्दुक पड्किएर उनको ज्या न गएको हो । घटना हिजो दिउँसो ४ बजेतिर भएपनि बिकट ठाउँ र खराब मौसमका कारण समयमै प्रहरी पुग्न नसकेको जिल्ला प्र ह री कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाले जानकारी दिए ।

घटनाकोबारेमा सूचना मात्रै प्राप्त भएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्र ह री ले जनाएको छ । यस विषयको अनुसन्धानका लागि प्र ह रीको टोलीले घटना स्थलतर्फ हिँडिसकेको डिएसपी खतिवडाले जानाकारी दिए ।

5010
Shares

ट्रेन्डिङ