सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • कोरोनाविरूद्ध आजदेखि खोप अभियान सुरू

कोरोनाविरूद्ध आजदेखि खोप अभियान सुरू

8015
Shares
कोरोनाविरूद्ध आजदेखि खोप अभियान सुरू

काठमाडौं, माघ १४ : सरकारले आजदेखि कोरोनाविरूद्ध खोप अभियान सञ्चालन गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान एक कार्यक्रमका बीच खोप अभियानको सुरूवात गर्ने कार्यक्रम छ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिनेहरू, शव व्यवस्थापनमा खटिएकाहरू, सरसफाइकर्मी, एम्बुलेन्स चालकलाई कोरोनाविरूद्ध खोप लगाउँदैछ। भारत सरकारले अनुदानमा दश लाख डोज कोभिसिल्ड खोप दिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाभित्र करिब १७ केन्द्र र देशभर गरी कूल १२० केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाउन सुरू गरिनेछ। सरकारले प्रदेशहरूमा खोप र आवश्यक बजेट पनि पठाइसकिएको बताएको छ।

आगामी दश दिनभित्र सबै जिल्लामा कोरोनाविरूद्ध खोप पुर्‍याइने र अग्रमोर्चामा खटिएकाहरूलाई पहिलो चरणमा खोप लगाउने मन्त्रालयको भनाइ छ। पहिलो चरणमा चार लाख जनाभन्दा बढीलाई खोप लगाउने सरकारको तयारी छ। खोप लगाउने भएपछि स्वास्थ्यकर्मीहरू उत्साहित छन्। स्थानीय तहहरूले पनि आफ्नो क्षेत्रमा कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी लगायतको नाम केन्द्रमा सिफारिस गर्दै खोप लगाइदिन आग्रह गर्न थालेका छन्।

8015
Shares

ट्रेन्डिङ