सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • ट्रकले ठक्कर दिँदा १ युवकको मृत्यु

ट्रकले ठक्कर दिँदा १ युवकको मृत्यु

1680
Shares
ट्रकले ठक्कर दिँदा १ युवकको मृत्यु

काठमाडौं | बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाडौं आउँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

1680
Shares

ट्रेन्डिङ