सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेको मण्डनदेउपुरमा मतदान सकियो, मतपेटिका संकलनको कार्य जारी

काभ्रेको मण्डनदेउपुरमा मतदान सकियो, मतपेटिका संकलनको कार्य जारी

10375
Shares
काभ्रेको मण्डनदेउपुरमा मतदान सकियो, मतपेटिका संकलनको कार्य जारी

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा मतदान सकिएको छ । जम्मा मतदाता २८ हजार ५ सय ३१ रहेको सो पालिकामा २१ हजार ९ सय ३५ मत मात्रै खसेको छ । वडा नं १ मा १ हजार ९ सय ७८,वडा नं २ मा १ हजार ६ सय ६९,वडा नं ३ मा १ हजार ६ सय १५ मत खसेको छ ।

त्यस्तै वडा नं ४ मा १ हजार ४सय ४३,वडा नं ५ मा १ हजार ७ सय ७२,वडा नं ६ मा १ हजार ९ सय ९३वडा नं ७ मा १ हजार ९सय ७ मत खसेको छ । त्यसैगरी वडा नं ८ मा १ हजार ७ सय ३६,वडा नं ९ मा २ हजार १०२, वडा नं १० मा २ हजार १ सय ८९,वडा नं ११ मा १ हजार ९ सय ४६ र वडा नं १२ मा १ हजार ५ सय ८५ मत खसेको छ ।

अहिले मतपेटिका संकलनको कार्य जारी छ । सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुने मण्डनदेउपुरका निर्वाचन अधिकृत शान्ता नेपाल मरासनीले जानकारी दिइन् ।

10375
Shares

ट्रेन्डिङ