सबैको समाचार
बुधबार, कार्तिक ५, २०८३
  • होमपेज
  • सगरमाथा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि

सगरमाथा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि

4040
Shares
सगरमाथा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि

सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण गरेकोमा सन् २०१६ मा ३६ हजार ६९४ ले भ्रमण गरेको पर्यटन प्रहरी कार्यालय लुक्लाका प्रहरी सहायक निरीक्षक सरयुग महतोले जानकारी दिनुभयो ।
यो सङ्ख्या गत वर्षको तुलनामा नौ हजार २२९ ले बढी हो । २०१५ वर्ष भूकम्प र नाकाबन्दीको कारण सगरमाथा क्षेत्रमा पर्यटकको सङ्ख्या निकै घटेकोमा २०१६ मा समय अनुकूल भएकाले पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।
पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । रासस

4040
Shares

ट्रेन्डिङ