सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • घमण्डले पतनको बाटोमा लैजान्छ : ओली

घमण्डले पतनको बाटोमा लैजान्छ : ओली

1770
Shares
घमण्डले पतनको बाटोमा लैजान्छ : ओली

पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

सोमवार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उनले पार्टीलाई सफल र सबल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई एकताबद्ध भएर अघि बढ्न सचेत गराए। अध्यक्ष ओलीले कम्युनिष्ट आचरण र अभ्यासबिना पार्टीलाई एकताबद्ध बनाउन नसकिने भएकाले त्यसकुराको ख्याल गर्न पार्टी पंक्तिलाई आह्वान गरे।

घमण्डले पतनको बाटोमा लैजाने उल्लेख गर्दै उनले सो बाटोमा जान नहुनेतर्फ पनि नेता, कार्यकर्ताको ध्यानाकर्षण गराए। अध्यक्ष ओलीले एमालेले समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्प लिएकाले त्यसलाई पूरा गर्न सिंगो पार्टी परिचालित हुनुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले एमालेले विपक्षमाथि निषेध र दमनको राजनीति नगरेको दावी पनि गरे।

1770
Shares

ट्रेन्डिङ