सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ज्ञवालीको रिटमाथि सुनवाइ सुरु

ज्ञवालीको रिटमाथि सुनवाइ सुरु

4030
Shares
ज्ञवालीको रिटमाथि सुनवाइ सुरु

सर्वोच्च अदालतले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका सुशील ज्ञवालीले दायर गरेको रिटमाथि सुनवाइ सुरु गरेको छ ।
ज्ञवालीले पुनःबहालीको माग राख्दै आज सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले प्रारम्भिक सुनवाइ गर्दै अन्तरिम आदेश दिने÷नदिने सम्बन्धमा विपक्षलाई उपस्थिति गराउने आदेश दिएको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी गराउनुभयो ।
उहाँका अनुसार आदेशमा विपक्षीलाई ज्ञवालीलाई हटाएर र नयाँ प्रमुख कार्यकारी नियुक्त गर्नुको कारणसहित सर्वोच्चमा उपस्थित हुन भनिएको छ ।
सोमबार ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्, प्रधानमन्त्री र डा गोविन्दराज पोखरेललाई समेत विपक्षी बनाई दायर गरेको निवेदनमा आफूलाई हटाउने र डा पोखरेललाई नियुक्त गर्ने काम गैरकानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै निवेदन दिनुभएको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो ।
गत पुस २७ गतेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । रासस

4030
Shares

ट्रेन्डिङ