सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सर्लाहीको बरहथवा बजार क्षेत्रमा २४ घण्टाका लागि निषेधाज्ञा

सर्लाहीको बरहथवा बजार क्षेत्रमा २४ घण्टाका लागि निषेधाज्ञा

1630
Shares
सर्लाहीको बरहथवा बजार क्षेत्रमा २४ घण्टाका लागि निषेधाज्ञा

सर्लाही।  स्थानीय प्रशासनले सर्लाहीको बरहथवा बजार क्षेत्रमा २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । 

अस्पताल  स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार  दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रर्दशनका कारण शान्ति सुरक्षा भंग हुन सक्ने अवस्था देखिएकाले आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा लागू भएको बरहथवा बजार क्षेत्र तथा गोली लागेर मृत्यु भएका युवकको शव रहेको ठाउँमा फेरि बिहानदेखि विस्तारै भिडभाड बढ्न थालेको छ । हिजो दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका युवकको शव विभिन्न माग राखेर घटनास्थलबाट उठाउन दिइएको छैन । 

स्पताल स्तरोन्नतिको माग राखेर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा हिजो दिउँसो ३ बजेतिर बरहथवा नगरपालिका–६, का अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।

1630
Shares

ट्रेन्डिङ