सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • नेपाललाई दियो अफगानिस्तानले १४६ रनको लक्ष्य

नेपाललाई दियो अफगानिस्तानले १४६ रनको लक्ष्य

1120
Shares
नेपाललाई दियो अफगानिस्तानले १४६ रनको लक्ष्य

काठमाडौँ | अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । जारी यू-१९ विश्वकपअन्तर्गत समूह डी को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १५० रन बनाएको थियो ।

अफगानिस्तानका लागि एएम घजानफरले सर्बाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१, हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए । अफगानिस्तानले एक समय ८८ रनमा ८ विकेट गुमाएकोमा नवौं विकेटका लागि फरीदून दाउदजाइ र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए ।

त्यसैगरी नेपाली बलर आकाश चन्दले सर्बाधिक ५ विकेट लिएका थिए भने दिपेश कँडेलले २ तथा गुलशन झा, सुबास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिएका थिए ।

1120
Shares

ट्रेन्डिङ