सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • गोरखाको तीन पालिकाले दिए जनयुद्ध दिवसको सार्वजनिक बिदा

गोरखाको तीन पालिकाले दिए जनयुद्ध दिवसको सार्वजनिक बिदा

1220
Shares
गोरखाको तीन पालिकाले दिए जनयुद्ध दिवसको सार्वजनिक बिदा

गोरखा । जनयुद्ध दिवस अर्थात फागुन १ गते गोरखाका तीन पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । 

आइतबारको बैठकले पालिका अन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, र वैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै दिवस मनाउन सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

पालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको गण्डकी गाउँपालिका प्रमुख दीपक तिमिल्सिना र भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए । जिल्लाका अरु स्थानीय तहले भने बिदा दिएका छैनन् ।

यसअघि सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । निर्णयविरुद्ध रिट परेपछि सर्वाेच्च अदालतले फागुन १ गते जनयुद्ध दिवशको रुपमा विदा नदिन अन्तरिम आदेश दिएको थियो ।

1220
Shares

ट्रेन्डिङ