सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

910
Shares
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पाल्पा । पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार बेलुका सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका–१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ४६ वर्षीय जगबहादुर बलाल रहेको प्रहरीले जनाएको छ ।

टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

910
Shares

ट्रेन्डिङ