सबैको समाचार
मङ्लबार, भदौ २, २०८३
  • होमपेज
  • कैलालीमा नहरको इन्टेकमा बालक मृत फेला

कैलालीमा नहरको इन्टेकमा बालक मृत फेला

1220
Shares
कैलालीमा नहरको इन्टेकमा बालक मृत फेला

धनगढी :- कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका छन्।

लम्कीचुहा नगरपालिका–२ चौरीका खेमराज सुनारका ३ वर्षीय छोरा बखत सुनार नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका हुन।

जानकी गाउँपालिका–९ सुकुम्वासी टोलका राजु सुनारको घरको आगनमा खेल्नेक्रमा बालक बेपत्ता भएका थिए। खोजतलाशको क्रममा बालकलाई नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

1220
Shares

ट्रेन्डिङ