सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु   

पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु   

785
Shares
पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु   

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।

छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए ।

अन्य चारजना सकुशल रहेका छन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उनले बताए ।

785
Shares

ट्रेन्डिङ