सबैको समाचार
सोमवार, भदौ १, २०८३
  • होमपेज
  • प्रेमीको मानसिक यातनाका कारण प्रहरी जवान करिस्माले गरिन् आत्महत्या

प्रेमीको मानसिक यातनाका कारण प्रहरी जवान करिस्माले गरिन् आत्महत्या

1065
Shares
प्रेमीको मानसिक यातनाका कारण प्रहरी जवान करिस्माले गरिन् आत्महत्या

काठमाडौं । प्रहरी जवान करिस्मा सुनारको मृत्यु प्रकरणमा जोडिएका उनका प्रेमी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान २५ वर्षीया करिस्मा गत जेठ ३१ गते शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

पक्राउ परेका उनका प्रेमी पुष्कर थापा मगरमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

करिस्माको मोबाइलमा आदान-प्रदान भएका म्यासेजका आधारमा पुष्करलाई पक्राउ गरिएको हो । करिस्माको मोबाइलमा थापाले मानसिक तनाव दिने खालमा म्यासेज पठाएको भेटिएको बताइएको छ। उनीहरूबीच लामो समयदेखि प्रेमसम्बन्ध भएको पनि खुलेको छ।

प्रारम्भिक अनुसन्धानमा प्रेमीको मानसिक यातनाका कारण उनले आत्महत्याको बाटो रोज्न बाध्य भएको खुलेको प्रहरीले जनाएको छ।

1065
Shares

ट्रेन्डिङ