सबैको समाचार
मङ्लबार, असार १७, २०८२

कुटपिटबाट एक जनाको हत्या

495
Shares
कुटपिटबाट एक जनाको हत्या

धनुषा । धनुषा स्थित धनुषाधाम नगरपालिका–२ मंगलपुरमा कुटपिटबाट एक जनाको हत्या  भएको छ ।

कुटपिटबाट ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको हो । उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् ।

सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र उनकी श्रीमती घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

495
Shares

ट्रेन्डिङ