सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • १ रूपैयाँमा गरेका थिए अमिताभ बच्चनले यो फिल्म  

१ रूपैयाँमा गरेका थिए अमिताभ बच्चनले यो फिल्म  

950
Shares
१ रूपैयाँमा गरेका थिए अमिताभ बच्चनले यो फिल्म  

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले फिल्म ‘मोहब्बत’ का लागि १ रूपैयाँ भारू पारिश्रमिक लिएका थिए।

भारतीय सञ्चारमाध्यम सिम्पलिसिटीसँग कुराकानी गर्दै फिल्मका निर्माता निखिल आडवाणीले ‘मोहब्बत’ का लागि यश चोपडासँग अमिताभले १ रूपैयाँ पारिश्रमिक लिएको खुलासा गरेका हुन्। निखिलले करियरको सुरूवातमा यशराज फिल्म्ससँग निकै काम गरेका थिए।

उनका अनुसार अमिताभले यश चोपडासँग फिल्म ‘सिलसिला’ को लागि महँगो पारिश्रमिक लिएका थिए। त्यतिबेला उनलाई घर लिनु थियो। त्यसपछि अर्का फिल्ममा काम गर्दा अमिताभले यशसँग १ रूपैयाँ पारिश्रमिक लिएका हुन्।

‘पहिला फिल्म क्षेत्रमा पारिवारिक माहोल थियो। तर अहिले परिस्थिति परिवर्तन भइसक्यो। अहिले सबै कुरा पहिला नै निर्धारित गरिन्छ,’ निखिलले भने।

अमिताभ बच्चनको फिल्म ‘सिलसिला’ सन् १९८१ मा रिलिज भएको थियो। त्यस्तै उनको फिल्म ‘मोहब्बते’ सन् २००० मा रिलिज भएको थियो।

950
Shares

ट्रेन्डिङ