सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

415
Shares
राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आइतबार स्वीकृत गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा महान्यायाधिवक्ता बडालले यही भदौ २४ गतेदेखि लागू हुने गरी पदबाट दिएको राजीनामा स्वीकृत भएको जनाइएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते नै राजीनामा दिनुभएको थियो । प्रधानमन्त्रीको नियुक्तिसँगै महान्यायाधिवक्ता नियुक्ति गर्ने चलन रहेको छ ।

  • रासस
415
Shares

ट्रेन्डिङ