सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • संविधान बनाउन नदिने शक्ति संविधान असफल बनाउन लागेको छ–प्रम

संविधान बनाउन नदिने शक्ति संविधान असफल बनाउन लागेको छ–प्रम

4125
Shares
संविधान बनाउन नदिने शक्ति संविधान असफल बनाउन लागेको छ–प्रम

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रिया अघि बढाउँदै चुनाव गराउने पक्षमा सरकार लागेको उल्लेख गर्दै निर्वाचन नै संविधान कार्यान्वयनको माध्यम भएको बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको च्यासिङ्खर्क–६ मा नेकपा(माओवादी केन्द्र)ले आज आयोजना गरेको सहिद सप्ताह तथा सभामा उहाँले आगामी वर्ष माघ ७ गतेभित्र नै तीन तहको निर्वाचन हुनुपर्ने संवैधानिक प्रावधान रहेको र वैशाखमा स्थानीय निकायको निर्वाचन सक्नुपर्ने कार्यभार रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले संविधान निर्माण हुन नदिने शक्ति नै संविधान असफल बनाउन र गणतन्त्र, धर्मनिरपेक्षताविरुद्ध लागेको उल्लेख गर्दै भन्नुभयो, –“संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन गर्न लागिएको हो ।”
माओवादी केन्द्रका अध्यक्ष कामीडाँडा क्षेत्र राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भएको उल्लेख गदैै त्यस क्षेत्रका मागलाई सम्बोधन गरिने आश्वासन दिनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अमिक शेरचन तथा पोलिटब्युरो सदस्य खुमानसिंह लामा, सूर्यमान दोङलगायतले कामीडाँडाले जनतामा उत्साह थपेको बताउनुभयो ।
सो अवसरमा उक्त क्षेत्रका बासिन्दाले बाटोको स्तरोन्नति, कृषि पर्यटन क्षेत्र र कामीडाँडालाई चियाको मुख्य क्षेत्र घोषणा, त्यस आसपासका १० गाविसलाई सडक सञ्जालसँग जोडनुपर्नेलगायत माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । रासस

4125
Shares

ट्रेन्डिङ