सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गायक तथा संगीकार राई, अभिनयमा पनि जम्दै

गायक तथा संगीकार राई, अभिनयमा पनि जम्दै

4205
Shares
गायक तथा संगीकार राई, अभिनयमा पनि जम्दै

बहु–प्रतिभाको धनी गायक तथा संगीतकार मनिपाल राईले आफ्नै संगीत र स्वर दर्जनौं गीतहरु बजारमा आइसकेका छन् । पछिल्लो समय मनिपाललाई नचिन्ने नेपाली स्रोता दर्शक सायदै नहोला ।
तिनै लोकप्रिय गायक तथा संगीतकार मनिपाल राईलाई अब हामीले म्युजिक भिडियोमा समेत देख्न सकिनेछ । ।
संगीत भर्न र गीत गाउनमा निकै माहिर राईले एउटा गीतको म्युजिक भिडियोमा आफ्नो अब्बल अभिनय गरेर आफुलाई मोडलिङको भिडमा चिनाउन सफल प्रयास भएका छन् ।
संगीतकार सुमन राईको संगीत, गायक श्री राईको शब्दरस्वरमा रहेको गीतको म्युजिक भिडियोमा मनिले अभिनय गरेका हुन् । मनि सँगै म्युजिक भिडियोमा मोडेल माया राई पनि हामी देख्न सक्नेछौ ।
उक्त गीतको म्युजिक भिडियोलाई सुन्दर लावातीले निर्देशन गरेका छन् भने क्यामरामेन हुन् फुर्वा दोर्जे मोक्तान ।
मलेसियाको विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको उक्त म्युजिक भिडियो अब चाँडै नै नेपाली गीत संगीत पारखी मनहरु माझ आउने गायकरसंगीतकार तथा सो गीतका मोडेल मनिपाल राईले हामीलाई जानकारी दिनुभएको छ ।

4205
Shares

ट्रेन्डिङ