सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • स्मार्टफोन ओप्पो : उपभोक्ताका लागि टोक्नु न बोक्नु

स्मार्टफोन ओप्पो : उपभोक्ताका लागि टोक्नु न बोक्नु

3695
Shares
स्मार्टफोन ओप्पो : उपभोक्ताका लागि टोक्नु न बोक्नु

मनोज खतिवडा । काठमाडौं
‘नाउँ न जस खारानी घस’ भने झौ विज्ञापनको भरमा आफुलाई चर्चित ब्राण्डको रुपमा स्थापित गराउन खोजेको ओप्पोले स्मार्टफोनको बजारमा जसरी विभिन्न व्राण्डहरु प्रतिश्पर्धा गर्दै निम्न एवं मध्यमबर्गहरुका लागि समेत भन्दै सस्तोमा उपलब्ध गराएका छन्, त्यस्ता मोवाइल सेटहरुमा विभिन्न समस्या देखा पर्दै जान थालेको बताइन्छ ।
गरिबी हुनुको कम्जोरीका फाइदा लिँदै कमसल स्मार्टफोन उत्पादन गरेर सस्तो मुल्यमा बजारमा उपलब्ध गराएको ओप्पो ब्राण्डका उपभोक्ताहरु यतिबेला सस्तोमा किन्दाको नियति भोग्न बाध्य भएका छन् ।
पछिल्लो समयमा एप्पल, सामसुङ र हुवावेपछि सस्तोमा स्मार्टफोन बजारमा ल्याएको ओप्पोले जति तामधामका साथ ‘गधा धोएर गाई बनाउने प्रयास’ गरेतापनि गधा गाई हुन नसक्ने प्रमाणहरु रातारात बाहिरिएका छन् ।
ओप्पोले सस्तोमा उपलब्ध गराएको स्मार्टफोनहरुमा विभिन्न समस्यहरु देखा पर्न थालेसंगै ओप्पो आधी आएजसरी आउने र त्यसरी नै विस्तापित हुनसक्ने विश्लेषण मोवाइल व्यवसायीहरुले गर्न थालेका छन् ।
‘मेड इन चाइना आज छ भोली छैन्’ भन्ने नेपाली उखानलाई ओप्पोले प्रमाणित गरिदिएको छ । विश्वमा मध्यम र निम्न मध्यमवर्गको संख्या अत्याधिक रहेको विषयलाई ध्यानमा राखी सस्तोमा कमसल स्मार्टफोन उत्पादन गरि बेच्दै उपभोक्ताको हितभन्दा कम्पनीको आम्दानीलाई बढी प्रथामिकता दिएको आरोप यतिवेला ओप्पो उत्पादक कम्पनीलाई लाग्न थालेको छ ।
त्रिवेणी ग्रुपसंग आवद्ध टेलिसेल प्रा.लि. नेपाली बजारमा ल्याएको ओप्पो ब्राण्डका स्मार्टफोन यतिबेला भल्गर विज्ञापनको भरमा जसरी बजार पिटेको छ, सोही कारण के के नै होला भन्दै उपभोक्ता गुणस्तरहित स्मार्टफोन ओप्पो खरिद गरेर प्रयोग गर्दे जाँदा पछुतो मान्न पुगेका छन् ।
कम मुल्यमा स्मार्टफोन उपलब्ध गराएको ओप्पोले बजारमा ल्याएको मोवाइल सेट प्रयोग गर्ने उपभोक्ताहरु यतिबेला पैसा खेर गएको भन्दै चिन्तित बन्न पुगेका छन् ।
ब्याट्री चाँडै तात्ने, कुरा नबुझीने, ह्यांग हुने लगाएतका समस्या देखा परेको भिएस निकेटनमा अध्ययनरत निशा चौधरीको गुनोसो छ उनी भन्छिन् स्मार्टफोन भनेको समाजिक संजालमा बिताउन पनि हो तर ओप्पोको सेटहरु न त ब्याट्री टिक्छ, त्यसमाथि पनि तातेर चलाउन नै सकिँदैन् यस्तो सेटको के काम ?
चौधरी मात्र होइन यसरी ओप्पो मावाइल सेट खरिद गरेर अहिले पछुताउनेमा केएण्डके कजेलमा अध्ययनरत मनिषा खड्का पनि परेकी छिन् । चौधरी र खड्का ओप्पो ब्राण्डका मोवाइल प्रयोग गरेर पिडित हुने एक प्रतिनिधी पात्र मात्र हुन् ।
नेपालमा गरिब तथा मध्यमबर्गको बाहुल्यता छ, त्यसैले यहाँ सस्तोमा स्मार्ट फोन जस्ले ल्याउन सक्यो उसको बढि व्यापार हुनु स्वभाविकै हो, तर जसरी पछिल्लो समय हुवावेको बजार जसरी खस्किएको छ त्यसरी नै एकदिन ओप्पोको बजार खस्किएर विस्तापित हुने दिन नजिकै रहेको न्यूरोडका एक व्यापारीको धारणा छ ।
ओप्पो स्मार्टफोनमा देखिएको समस्याका विषयमा टेलिसेल प्रा.लि.का प्रवन्ध निर्देशक सुनिल कुमारसंग प्रतिकृयाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन्  ।

3695
Shares

ट्रेन्डिङ