सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यी हुन् इतिहास रचेका पाँच चुम्बन ! (फोटोफिचर)

यी हुन् इतिहास रचेका पाँच चुम्बन ! (फोटोफिचर)

4685
Shares
यी हुन् इतिहास रचेका पाँच चुम्बन ! (फोटोफिचर)

एजेन्सी । चुम्बन भन्नेबित्तिकै हामी प्रेमी–प्रेमिकाको चुम्बनलाई सम्झन्छौं । चुम्बनको महत्व सबैलाई थाहा होला तर, कतिपय चुम्बन यति महत्वपूर्ण हुन्छ कि त्यसले एउटा इतिहास नै रच्न सक्छ । ‘टाइम म्यागजिन’ले केहीअघि इतिहास नै रच्ने पाँच उत्कृष्ट चुम्बनको फोटो सार्वजनिक गरेको छ ।सन् १८८७ मा अगस्ट रोडिन्स स्कुल्प्तुरेले ‘द किस’ नाम गरेको पेन्टिङ (तस्वीर) पहिलोपटक सार्वजनिक गरेका थिए । नांगो एक जोडीको उक्त चुम्बन आजसम्म पनि विश्वप्रसिद्ध मानिने टाइम म्यागजिनले उल्लेख गरेको छ ।
अमेरिकाको फिलाडेल्फिया संग्राहलयमा यो तस्वीरमा आधारित मूर्ति नै बनाएर प्रदर्शनमा राखिएको छ ।त्यस्तै, अर्को विश्वप्रसिद्ध चुम्बन हो, ‘द किस’ नामक फिल्ममा खिचिएको १९ सेकेन्ड लामो चुम्बनको दृष्य ।उक्त दृष्य सन् १८९६ मा थोमस एडिसनले भिटास्कोप सिनेमा प्रोजेक्टरबाट खिचेका थिए । उक्त दृष्यमा एक–अर्कासँग कुरा गर्दै चुम्बन गरिएको छ ।
उक्त चुम्बनको दृष्य त्यतिखेरको अमेरिकी समाजमा आपत्तिजनक र अश्लील भन्दै निकै आलोचित भएको थियो । सन् १९४५ मा अल्फ्रेड आइसेन्सटेइड्टले खिचेको चुम्बनको दृष्यलाई तेस्रो नम्बरमा राखिएको छ ।‘भिजे डे इन टाइम्स् स्क्वायर’ नाम दिइएको उक्त फोटो दोस्रो विश्वयुद्धको अन्त्यको खुसियालीमा दुई प्रेमी–प्रेमिकाको भेटलाई अल्फ्रेडले ‘लाइफ म्यागजिन’का लागि आफ्नो क्यामेरामा कैद गरेका थिए । उक्त फोटोमा एउटी नर्सलाई उनका प्रेमीले चुम्बन गरेका छन् ।
त्यसैगरी, अर्को विश्वप्रसिद्ध चुम्बन सन् १९६८ मा रोक्को मोराविटोले खिचेको ‘किस अफ लाइफ’ नामक फोटो हो ।मोराविटोले बिजुलीको पोलमा जोखिम मोलेर काम गरिरहेका दुईजना केटा साथीहरुको फोटो खिचेका थिए । यो फोटोले पहिलोपटक फोटोतर्फको विश्वप्रसिद्ध पुलित्जर पुरस्कार जित्न सफल भएको थियो ।पाँचौ विश्वप्रसिद्ध चुम्बन सन् १९७९ मा तत्कालीन सोभियत नेता ब्रेज्ह्नेव र पूर्वी जर्मनीका राष्ट्रपति एरिक होनेक्करले जर्मनीको ३०औं जर्मन लोकतान्त्रिक गणतन्त्रको अवसरमा गरेको चुम्बन मानिएको छ । ‘क्रेमलिन किस’ नाम दिइएको उक्त चुम्बनलाई रसियन चित्रकार दिमित्री भ्रुवेलले बर्लिनको पर्खालमा कोरेर क्याप्सनमा लेखेका थिए–‘भगवान मलाई यो खतरनाक प्रेम सम्बन्धबाट बचाऊ ।’

4685
Shares

ट्रेन्डिङ