सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • रूस विश्वकप २०१८ मा खेलिने फुटबल सार्वजनिक

रूस विश्वकप २०१८ मा खेलिने फुटबल सार्वजनिक

4730
Shares
रूस विश्वकप २०१८ मा खेलिने फुटबल सार्वजनिक

रूस विश्वकप २०१८ मा खेलिने आधिकारिक फुटबल सार्वजनिक भएको छ। उक्त बलको नाम ‘दि टेलिस्टार १८’ राखिएको छ।

एडिडासले निर्माण गरेको बललाई अर्जेन्टिनी फुटबलर मेसीले मस्कोमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरे। बललाई सन् १९७० मा मेक्सिको विश्वकपमा प्रयोग भएको टेलस्टार बललाई पुनर्निर्माण गरेर बनाइएको एडिडासले बताएको छ।

नयाँ बलमा डिजिटल चिप्सको पनि प्रयोग गरिएको छ। त्यसैगरी यस बलमा मेटालिक प्रिन्ट गरिएको छ भने टेक्चर ग्राफिक इफेक्ट राखिएको छ।बल सार्वजनिकरण कार्यक्रममा पूर्व फुटबल स्टारहरू जिनेदिन जिदान, जाभी एलेन्सो, डेल पियरो, काका, पोडुलास्कीलगायतको उपस्थिति थियो सार्वजनिकरणपछि मेसीले उक्त बलको फिचर, रङ्ग र डिजाइन आफूलाई मन परेको समेत बताए।

– सेतो पाटी बाट

4730
Shares

ट्रेन्डिङ