सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • महिला सशक्तिकरणको लागि प्राबिधिक सीप र शिक्षामा जोड दिनुपर्ने

महिला सशक्तिकरणको लागि प्राबिधिक सीप र शिक्षामा जोड दिनुपर्ने

5645
Shares
महिला सशक्तिकरणको लागि प्राबिधिक सीप र शिक्षामा जोड दिनुपर्ने

काभ्रे, पौष २५: जिल्लाका सरोकारवाला निकायहरुले महिला सशक्तिकरणको लागि शिक्षा र सीपमा जोड दिनुपर्ने बताउनु भएको छ । सामुदायिक सारथीले धुलिखेलमा आयोजना गरेको बिद्यालय स्तरीय लघुनाटक तथा संवाद कार्यक्रममा काभ्रे प्र्रतिनिधिसभा २ प्रदेश सभा १ का निर्वाचित सदस्य माननिय लक्ष्मण लम्सालले शिक्षा मात्र होइन ब्यावहारिक र ब्यावसायिक शिक्षामा जोड दिन सके महिलाहरुलाई आर्थिक नेतृत्वमा पुग्न सजिलो हुने बताउनुभयो । उहाँले महिलालाई घर र जग्गा नामसारी गरेर दिंदैमा उनीहरु सशक्त भएको भन्न नसकिने जिकीर गर्नुभयो ।

धुलिखेल नगरपालिकाको कार्यबाहक मेयर बिमला शर्माले महिला सशक्तिकरणकोलागि स्थानीय तहमा कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा सरस्वती माध्यामिक विद्यालय, जिल्ला बाल संजाल र संजीवनी नमुना उच्च माध्यामिक बिद्यालयका बालबालिकाहरुले लघुनाटक प्रश्तुत गरेका थिए भने उक्त नाटक तयार पार्न साथी संग मनका कुरा रेडियो कार्यक्रमका प्रतिनिधि मनोज बोहोराको समुहले सहयोग गर्नु भएको थियो । कार्यक्रममा कान्तिपूर टेलिभिजनको जिल्ला प्रतिनिधि महिला संचारकर्मि रमा दाहालले महिला तथा बालबालिकालाई सञ्चार प्रबिधिमा पहुँच बढाउनुपर्ने र त्यसको सकरात्मक उपयोग गर्न सिकाउनु पर्नेमा जोड दिनुभएको थियो ।

यूएन ओमन, इक्वेल एक्सेस र फिनल्यान्ड सरकारको सहयोगमा आयोजना गरिएको कार्यक्रममा जिल्लामा रहेका विभिन्न विद्यालयका शिक्षक अभिभावक संघका प्रतिनिधि, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, नेपाल तामाङ महिला घेदुङ, जिल्ला समन्वय समिति, जिल्ला बाल कल्याण समिति, सेफ हाउस, जिल्ला कृषि बिकास कार्यालय, जागरण नेपाल, कृएसन नेपाल, रेडियो एबिसी, पलान्चोक वीक्ली, काभ्रे वीक्ली, शान्ति जन अधिकार सेवा केन्द्र, धुलिखेल नगरपालिका,एनएफएच, अन्नपूर्ण पोष्ट, एपी टेलिभिजन, गोरखापत्र देनिक, काभ्रे बार, कान्तिपूर टिभि, अरनीको टीभि,नयाँ पत्रिका दैनिक, र जिल्ला बाल संजालको प्रतिनिधि तथा समाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

संवाद कार्यक्रम अन्य ५ वटा जिल्लामा पनि सञ्चालन हुने बताउँदै सामुदायिक सारथीको कार्यकारी निर्देशक ताराबहादुर भन्डारीले समाज रुपान्तरणको लागि महिलालाई आर्थिक नेतृत्व र आर्थिक नेतृत्वको लागि “सही हो” अभियान चलाएकोले आम सचेत नागरिकले आफ्आफ्नो क्षेत्रबाट मन बचन र कर्मले सहयोग गर्न आग्रह गर्नुभयो । बालबालिकाले लघुनाटकको मार्फत उठाएको महिला सशक्तिकरणको सवालमा सरोकारवालाहरुले पनि आफ्नो मत दिएर प्रतिबद्धता समेत दर्शाएका छन् ।

सामुदायिक सारथीले विगत १० वर्ष देखि महिला तथा यूवाहरुको शसक्तिकरण र उनीहरुको आवाजलाइ पैरवीको माध्यमबाट राज्यको नीतिगत तहसम्म पुरुयाउने कार्य गर्दै आइरहेको र सहि हो अभियान मार्फत आर्थिक शसक्तिकरणमा महिलाहरुको नेतृत्व हुन नसक्नुका कारण (अवरोध) र समाधानका उपायहरु पत्ता लगाउन महत्वपुर्ण सहयोग पु¥याएकोे सामुदायीक सारथिका काभ्रे जिल्ला संयोजक राजाराम गौतमले जानकारी दिनुभयो ।

5645
Shares

ट्रेन्डिङ