सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भाइको गोली प्रहारबाट दाइ घाइते

भाइको गोली प्रहारबाट दाइ घाइते

3880
Shares
भाइको गोली प्रहारबाट दाइ घाइते

पर्सा / जिराभवानी गाउँपालिका-२ बलुवामा बिहीबार साँझ ७ बजे गाेली चल्दा एकजना घाइते भएका छन् । घाइते हुनेमा ५५ वर्षीय फारुक सेख रहेका छन् । उहाँलाई आफ्नै भाइ सेख सराजुद्दिनले गाेली हानेका थिए । उनको पिठ्युँमा गोली लागेको प्रहरीले जनाएकाे छ । दाजु भाइबीच घरायसी विवाद हुँदा दाजु सेखलाई भाइले गाेली हानेका थिए । गोली लागेकाे सेखकाे अवस्था गम्भीर रहेकाे नारायणी अस्पतालले जनाएको छ ।

दाजुमाथि गाेली प्रहार गर्ने भाइलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । उनकाे साथबाट नल कटुवाल पेस्तोल एक थान, तीन राउण्ड गोली र एक थान गोलीको खोका बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराज शर्माले जानकारी दिनुभयो । घाइते भएका सेखको नारायणी अस्पतालमा उपचार हुन नसपछि थप उपचारका लागि नेशनल मेडिकल शिक्षण अस्पताल वीरगञ्ज पठाएको छ ।

3880
Shares

ट्रेन्डिङ