सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • थप एक जनामा कोरोना संक्रमण

थप एक जनामा कोरोना संक्रमण

3625
Shares
थप एक जनामा कोरोना संक्रमण

७ वैशाख, विराटनगर / उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् । यससँगै शनिबार थपिएका संक्रमितको संख्या ८ पुगेको छ ।

शनिबार बिहान मात्र उदयपुरका तीन, कपिलबस्तुका तीन र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीनैजना महिला विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र भर्ना भएका छन् । संक्रमण पुष्टि भएका १८,४५ र ६५ वषर्ीया महिलामा शनिबार दिउँसो अस्पताल भर्ना भएको मेसु मिश्राले जानकारी दिइन् । उनकाअनुसार संक्रमित सबैको अवस्था सामान्य छ ।

पहिले श्रीमान्, पछि श्रीमती संक्रमित शनिबार बिहान संक्रमण पुष्टि भएका तीन मध्ये दुईजनाका श्रीमानलाई यसअघि कोरोना संक्रमण देखिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीकाअनुसार दुई जना संक्रमित व्यक्तिका श्रमिती हुन् । भुल्केमा पहिलो पटक वैशाख ५ गते १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

3625
Shares

ट्रेन्डिङ