सबैको समाचार
आइतबार, असार २१, २०७७
  • होमपेज
  • रहेनन् बलिउड संगीतकर्मी वाजिद खान

रहेनन् बलिउड संगीतकर्मी वाजिद खान

रहेनन् बलिउड संगीतकर्मी वाजिद खान

काठमाडौँ : हिन्दी फिल्मका लोकप्रिय संगीतकार तथा वाजिद खानको निधन भएको छ । ४२ वर्षीय वाजिदको मिर्गौलामा संक्रमण भएर सोमबार बिहान मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

म्युजिक कम्पोजरका सलिम मर्चेन्टका अनुसार वाजिदको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनको मिर्गौलामा संक्रमण देखिएको थियो । पछिल्लो ४ दिनदेखि उनी मुम्बईको एउटा अस्पतालमा भेन्टिलेटरमा थिए । गायक सोनु निगमले वाजिदको निधनबारे इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘वाजिद गए । अहिले म केही बोल्न सक्दिनँ ।’ सोनु निगमले वाजिदमा कोरोना भाइरसको पनि संक्रमण देखिएको बताएका छन् ।

साजिद–वाजिदको जोडी बलिउडमा खुब लोकप्रिय थियो । उनीहरु दाजुभाइ हुन् । उनीहरु प्रख्यात तबलावादक उस्ताद शराफत अली खानका छोरा हुन् । उनीहरुले सन् १९९८ मा सलमान खानको ‘प्यार किया तो डरना क्या’ बाट करिअर सुरु गरेका थिए । त्यसपछि उनीहरुले ‘गर्भ’, ‘तेरे नाम’, ‘पार्टनर’, ‘दंबग’ सिरिजजस्ता दर्जनौं फिल्ममा संगीत दिएका थिए ।

यस वर्षको इदमा यो जोडीद्वारा संगीतबद्ध ‘भाइ भाइ…’ गीत सलमानले गाएका थिए । वाजिदले सन् २००८ बाट व्यावसायिक गायन थालनी गरेका थिए । उनका ‘हुड हुड दबंग…’, ‘जल्वा…’, ‘फेभिकोल से…’ जस्ता गीत चर्चित छन् । प्रियंका चोपडा, परिणीति चोपडा, विशाल ददलानी, हर्षदीप कौरजस्ता सेलिब्रेटीले वाजिदलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका