सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • आफुखुशी बजार खोल्दा कोरोना फैलिए कसले जिम्मा लिने ? : मुख्यमन्त्री पोखरेल

आफुखुशी बजार खोल्दा कोरोना फैलिए कसले जिम्मा लिने ? : मुख्यमन्त्री पोखरेल

6020
Shares
आफुखुशी बजार खोल्दा कोरोना फैलिए कसले जिम्मा लिने ? :  मुख्यमन्त्री पोखरेल

२२ जेठ, काठमाडौं । ७० दिनभन्दा लामो लकडाउनपछि व्यापारीहरुले आफुखुशी व्यवसाय सञ्चालन गर्न थालेकामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् ।

उनले आफुखुशी बजार खोल्दा समुदायमा कोरोना भाइरस फैलिए कसले जिम्मेवारी लिने भनी प्रश्न गरेका छन् ।क्वारेन्टिन र लकडाउनका कारण अहिलेसम्म कोरोना भाइरस (कोभिड १९) समुदायमा नफैलिएको पोखरेलको दावी छ ।

‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिनेरु गम्भीर बनौुं उनले फेसबुकमा लेखेका छन् ।सरकारले कोरोना भाइरस महामारी रोक्न चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आएको छ ।

तर पछिल्लो समय व्यवसायीहरुले लकडाउन हुँदा पनि कोरोना भाइरस संक्रमण रोकथाम नभएको र व्यवसाय खोल्ने सरकारसँग कुनै योजना नभएको भन्दै आफुखुशी पसल खोल्न थालेका छन् ।

6020
Shares

ट्रेन्डिङ