सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कानपुर माविले कन्ट्याक्ट कक्षा शुरु गर्दै

कानपुर माविले कन्ट्याक्ट कक्षा शुरु गर्दै

8150
Shares
कानपुर माविले कन्ट्याक्ट कक्षा शुरु गर्दै

काभ्रे : कानपुरमा रहेको कानपुर माध्यमिक विद्यालयले कन्ट्याक्ट कक्षा शुरु गर्ने भएको छ । नमोबुद्ध नगरपालिका वडा नं. ५ मा रहेको विद्यालयले नगरपालिका र वडासँग समन्वय गरी शुरुमा प्रत्येक दिन १÷१ वटा कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक टंक बहादुर थापा क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार कक्षा साउन ८ बाट सञ्चालनमा आउँदै छ ।

लामो ग्यापका कारण विद्यार्थी र विद्यालयको दुरी बढेकाले सामाजिक दुरीलाई कायम गर्दै आफूहरुले कक्षा सञ्चालन गर्न लागेको प्रधानाध्यापक क्षेत्रीले बताउनु भयो । उहाँले भन्नुभयो, “ हामी एक दिनमा एउटा मात्र कक्षा सञ्चालन गर्दैछौँ । विद्यार्थीलाई मास्क दिने छौँ, दुरी कायम गरी कक्षा शुरु गर्दैछौँ ।”

मास्क सेनिटाइजर लगायतका सामग्री वडा कार्यालयमार्फत स्वास्थ्य चौकीले उपलब्ध गराउने वडा अध्यक्ष बुद्धसिं लामाले जानकारी दिनुभयो । उहाँले आफूहरुले सुरक्षाको पूर्ण व्यवस्था सहित एक दिनमा एउटा कक्षा सञ्चालन गर्ने बताउनु भयो ।

8150
Shares

ट्रेन्डिङ