सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रोशी गाँउपालिकाका शिक्षकले अनिवार्य आरडिटि गर्नु पर्ने

रोशी गाँउपालिकाका शिक्षकले अनिवार्य आरडिटि गर्नु पर्ने

5300
Shares
रोशी गाँउपालिकाका शिक्षकले अनिवार्य आरडिटि गर्नु पर्ने

काभ्रे :काभ्रेको रोशी गाँउपालिकाका शिक्षकहरुले अनिवार्य आरडिटि गर्नु पर्ने भएका छन् ।गाँउपालिका भित्र रहेका विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिकाहरुले विद्यालय जानु अघि अनिवार्य आरडिटिगर्नुपर्नेे प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले बताउनु भयो ।

अधिकृत दाहालका अनुसार गाँउपालिकाको स्वास्थ्य शाखाको समन्वयमा जिल्ला बाहिरबाट आएका शिक्षक शिक्षिकाहरुलेअनिवार्य आरडिटि गर्ने तयारी गरेका छन् ।आरडिटिभएपछि नतिजाको आधारमा १४ दिन होम क्वारेन्टाईन वा गाँउपालिकाको क्वारेन्टाईनमा राखीने दाहालले बताउनुभयो । यसैबिच रोशी गाँउपालिकाले आफ्नो क्षेत्रभित्र कार्यरत शिक्षक शिक्षिकाहरुलेसम्पत्ति विवरण बुझाउन अनुरोध गरेको छ ।

विद्यालयमाकार्यरत स्थायी शिक्षकहरुको आर्थिक वर्ष २०७६÷७७ को सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको शिक्षा शाखा प्रमुख रामबााहदुर तामाङले जानकारी दिनुभयो ।

शिक्षा शाखा प्रमुख तामाङका अनुसार अस्थायी,करार, अनुदान,राहत,बालबिकास केन्द्र र विद्यालयका कर्मचारीहरुले समेत यही साउन ३२ गते सम्म सम्पत्ति विवरण बुझाउने समय तोकिएको छ ।

5300
Shares

ट्रेन्डिङ