सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • काभ्रेका कोरोना संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज,७ जनामा संक्रमण पुष्टि

काभ्रेका कोरोना संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज,७ जनामा संक्रमण पुष्टि

5675
Shares
काभ्रेका कोरोना संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज,७ जनामा संक्रमण पुष्टि

काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज भएका छन् भने ७ जना नयाँ संक्रमित थपिएका छन् । आज ३६ जना डिस्चार्ज भए संगै जिल्लाका २ हजार ७ सय ६७ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै बनेपाबाट १ पुरुष र २ महिला, नमोबुद्धबाट १ महिला र बेथानचोक गाँउपालिकाबाट ३ पुरुष गरी जिल्लामा ७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा ३ हजार ३५जना संक्रमित भएका छन् ।

जिल्लामा अझै २ सय २९ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ८ जना अस्पताल आइसोलेसनमा र २ सय २१ जना होम आइसोलेसनमा रहेको डाक्टर झाले जानकारी दिनुभयो । यसैबिच भाईरसको संक्रमण बाट जिल्लामा थप एकको ज्यान गएको स्वास्थ्य कार्यालयले दैनिक उपलब्ध गराउने बिवरणमा उल्लेख गरिएको छ । बनेपाका ८० वर्षिय महिलाको मेडिसिटि अस्पतालमा ज्या’न गएको हो ।

ति महिलामा कार्तिक ४ गते भाईरसको संक्रमण पुष्टि भएका थियो । यो संगै भाईरसको संक्रमण बाट जिल्लाका १२ महिला र २७ पुरुष गरि ३९ जनाको ज्या’न गएको छ ।

5675
Shares

ट्रेन्डिङ