सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेका कुन सांसद कुन समूहमा ?

काभ्रेका कुन सांसद कुन समूहमा ?

35440
Shares
काभ्रेका कुन सांसद कुन समूहमा ?

काभ्रे : काभ्रेमा प्रचण्ड–माधव समूहमा प्रत्यक्ष तर्फका सांसदहरुको संख्या बढेको छ । प्रचण्ड–माधव समूहमा निर्वाचन क्षेत्र नम्बर १ का सांसद गंगा बहादुर दोङ सहित बागमति प्रदेश सांसदहरु रत्न ढकाल, लक्षमण लम्साल र बसुन्धरा हुमागाई छन् ।

यता ओली समूहमा भने निर्वाचन क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटा र बागमती प्रदेश सांसद चन्द्र लामा मात्रै छन् । लामा ओली समूहको केन्द्रिय सदस्यमा मनोनित भएका हुन् । बसुन्धरा हुमागाई प्रचण्ड–माधव समूहमा नजाँदासम्म दुबै समूहमा प्रत्यक्ष तर्फका सांसदको संख्या बराबरी थियो ।

बागमती प्रदेशमा काभ्रेबाटै समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सांसद गोमा भूर्तेल ओली समूहमै रहेकी छन् । तर संघीय सांसदमा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सांसद नविना लामा भने प्रचण्ड–माधव समूहमा गएको स्रोतको दाबी छ । यद्यपी लामा स्वयमले भने गुट खुलाइसकेकी छैनन् । उनी बामदेव गौतम निकट मानिन्छिन् । गौतम पनि अहिलेसम्म कुनै समूहलाई समर्थन गरेका छैनन् ।

35440
Shares

ट्रेन्डिङ