सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको बनेपामा विप्लवका विद्यार्थीद्वारा प्रदर्शन

काभ्रेको बनेपामा विप्लवका विद्यार्थीद्वारा प्रदर्शन

5315
Shares
काभ्रेको बनेपामा विप्लवका विद्यार्थीद्वारा प्रदर्शन

काभ्रे : आफ्ना प्रभावशाली नेता प’क्राउ गरेको विरोधमा विप्लव समूहको भातृ संगठन अखिल ( क्रान्तिकारी) काभ्रेले बनेपा बजारमा भव्य रुपमा प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय बिभाग प्रमुख क.धर्मेन्द्र बास्तोला कन्चनको गि’रफ्तारी वि’रुद्ध देशभर नेकपाले प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत आज बनेपामा प्रदर्शन गरिएको हो ।

अखिल (क्रान्तिकारी) ताम्सालिङ व्युरो समन्वय समितिका संयोजक तथा सचिवालय सदस्य मुकुन्द श्रेष्ठको उपस्थितिमा वि’रोध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्नुहुदै शेष्ठले वर्तमान सामाजिक फासिवादी दलाल सरकार अमेरिकी सेना नेपालमा भित्र्याउने खेलमा लागेर नेपाललाई सिरिया लिविया बनाउन लागिपरेको आरोप लगाउनु भएको छ साथै वर्तमान दलाल संसदीय पुजीवादी व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवादी व्यवस्था जहाँ शोषण मुक्त समाज हुने कुरा बताउनुभयो ।

भ्रष्टाचारको वि’रुद्ध बोल्दा आफ्नो नेता जेल चलान भएको बताउदै बिनासर्त आफ्नो नेता रिहा नगरे जस्तोसुकै अवस्थामा पनि युवा विद्यार्थीहरु ब’न्दुक बोक्न तयार हुनुपर्ने श्रेष्ठको भनाई छ ।

5315
Shares

ट्रेन्डिङ