सबैको समाचार
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • अग्रभागका चिकित्सकहरुको मनोबल उच्च राख्दै सुरक्षा सामग्री सहित NMAJDC.

अग्रभागका चिकित्सकहरुको मनोबल उच्च राख्दै सुरक्षा सामग्री सहित NMAJDC.

6600
Shares
अग्रभागका चिकित्सकहरुको मनोबल उच्च राख्दै सुरक्षा सामग्री सहित NMAJDC.

नेपाल चिकित्सक संघ जुनियर डाक्टर कमिटीको बिशेष पहल र नेपाल चिकित्सक संघको तत्वाधानमा कोरोनाको महामारीको यो विषम परिस्थितिमा अग्र भागमा रहेर अहोरात्र खटिएका मेडिकल अफिसरहरुको उच्च मनोबल कायम राख्न सुरक्षाको लागि एन 95 मास्क स्यानिटाइजर र पहिचान झल्काउने ज्याकेट काठमाडौंका अस्पतालहरुमा बितरण गरिएको छ।चिकित्सकहरुको खस्किदो मनोबल त्यसमाथि पनि जुनियरहरुको हतास मनोदशालाई यस प्रकोपमा उच्च राख्न चिकित्सक संघ सदैव साथ रहेको अध्यक्ष डा. लोचन कार्कीको संदेश सहित केंद्रीय  NMA र  JDC का अधिकांस सदस्यहरू को प्रत्यक्ष सङ्लग्नतामा महाराजगन्ज स्थित टिचिङ अस्पताल , छेत्रपाटी निशुल्क अस्पताल, वीर अस्पताल , ट्रमा सेन्टर , पाटन स्वास्थ विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल , टेकु अस्पताल लगाएत दर्जन बढी अस्पतालमा मेडिकल अफिसरहरुलाइ पहिलो चरणमा वितरण सप्पन्न गरियो र बितरण जारी रहेको छ।चरणबद्दरुपमा सबै अस्पतालमा कार्यरत सबै चिकित्सकहरुलाई यी सामग्री पुर्याउने लक्ष्य रहेको जुुनियर  डाक्टरर्स कमिटीका सेक्रेटरी डा हुलास अग्रवाल बताउनु हुन्छ।  मेडिकल अफिसर पछि आवसिय चिकित्सकहरु र विशेषज्ञ चिकित्सकहरुलाइ पनि बितरण गरिने कमिटी का डॉ रबिन बस्नेत को भनाई छ ।

6600
Shares

ट्रेन्डिङ