सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • काभ्रेमा रसायनिक मल आउन थाल्यो, धमाधम वितरण

काभ्रेमा रसायनिक मल आउन थाल्यो, धमाधम वितरण

10650
Shares
काभ्रेमा रसायनिक मल आउन थाल्यो, धमाधम वितरण

काभ्रे : मुलुक भर नि षेधाज्ञापछि रित्तिएको धुलिखेलको मल गोदाम पुनः भरिन थालेको छ । सहज रूपमा ढुवानी गर्न नपाउँदा गोदाम पुरै रित्तिएको थियो । तर अहिले भने मलको हाहाकार केहि हदसम्म कम गर्न सक्ने गरी दक्षिणी नाकाबाट रसायनिक मल आईरहेको कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेलका शाखा प्रबन्धक बासुदेव शर्माले बताउनुभयो ।

गएको शुक्रबारदेखि कम्पनीको गोदाममा मल केहि सहज बनेको हो । ‘अहिले दैनिक ५/७ गाडी मल गोदाममा आईरहेका छन्, हामीले शुक्रबारबाटै बिक्री वितरण सुरू गरेका छौँ, स्टक राख्ने गरी दिन नसकेपनि अहिलेको बालीलाई अभाव नहुने गरी बिक्री वितरण भैरहेको छ, शाखा प्रबन्धक शर्माले भन्नुभयो ।’

अहिले गोदाममा युरिया, डिएपी र पोटास तीन थरिकै मल आईरहेका छन् । करिब एक हस्ता अघिसम्म प्र हरीले मल बोकेको गाडीलाई समेत राजधानी हुँदै आउन नदिएपछि राजधानी पूर्वका जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक र दोलखा जिल्लाका किसानहरू मल नपाउने चिन्तामा परेका थिए । तर अहिले मल बिक्री गर्ने अनुमति पाएका सबै सहकारीहरू मल लैजान थालेका छन् ।’नि षेधाज्ञा अघिकै अवस्थामा त वितरण गर्न सकेको छैन्, तर तत्कालको खाँचो टर्ने गरी पठाइरहेका छौ, शाखा प्रमुख शर्माले भन्नुभयो ‘अहिले तीनै थरिका मल आईरहेको छ ।’

राजधानी पूर्वका जिल्लाहरुको भैरहेको रसायनिक मलको समस्या समाधान गर्न पूर्व मन्त्री गोकुल बाँस्कोटाले विशेष पहल गर्नु भएको थियो । उहाँले कृषि मन्त्रीलाई भेटेरै तत्काल ढुवानीको समाधान गरिदिन आग्रह गर्नुभएको थियो । पूर्व मन्त्री बाँस्कोटाले कृषि मन्त्री भेटेको केहि दिनभित्रै आपूर्ति सहज भएको हो ।

काभ्रेका लागि मल लिएर छुटेका ट्रकहरू पथलैयाबाटै फिर्ता भएपछि केहि हप्ता रसायनिक मलको हाहाकार मच्चिएको थियो । अहिले राजधानी पूर्वका जिल्लाहरुमा खेती लगाउने मुख्य सिजन हो ।

४ हजार टन क्षमताको धुलिखेल स्थित कृषि सामग्री कम्पनी लिमिटेड बिस्तारै भरिँदैछ । कार्य तालिका नै बनाएर अहिले पालिकाहरूमा गोदामबाट मल पठाउन थालिएको कम्पनीका प्रबन्धक शर्माले भन्नुभयो । यो कम्पनीले काभ्रे, सिन्धुपाल्चोक र दोलखा जिल्लाका केहि भागमा रसायनिक मलको ब्यवस्थापन गर्दै आएको छ ।

10650
Shares

ट्रेन्डिङ