सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • संशोधन प्रस्ताव जल्न थाल्यो

संशोधन प्रस्ताव जल्न थाल्यो

3920
Shares
संशोधन प्रस्ताव जल्न थाल्यो

५ नम्बर क्षेत्रका पहाड र मधेस छुट्याउने संशोधन प्रस्ताव आए आधाघण्टामा जनता उराल्छु भन्ने विष्णु पौडेलले नभन्दै बुटवलमा सलाई कोरेर संविधान संशोधन प्रस्तावमा आगोमात्र लगाएनन्, डढेलो नै सल्काए । विरोधको यो डढेलो राजधानीसम्म आइसकेको छ ।
संसद, सडक र सर्वोच्चमा समेत यो विरोधको आवाज घन्किन थालिसकेको छ । पर्यो, अप्ठेरोमा पर्यो माओवादी नेता प्रचण्डको प्रधानमन्त्री पद । दुई तिहाई अर्थात ३९६ मत पुर्याउनु पर्छ । एमाले, नेमकिपा, राष्ट्रिय जनमोर्चाजस्ता पार्टीहरु विरोधमा छन् । र, उपेन्द्र यादव र महन्थ ठाकुरले समेत मधेसका माग यो संशोधनले सवोधन हुन नसक्ने निष्कर्ष निकालिरहेका छन् । संसद बाहिरका कित्ता वैद्य र विप्लवले त यो संशोधनलाई राष्ट्रघाती नै भनेका छन् ।
बुधवार र विहीवारका दिन एमालेले सडक र पत्रपत्रिकामा प्रतिक्रिया दिदै भनेको छ– प्रचण्ड नामसँग एमाले डराउँदैन । एमाले एक्लै भए पनि भिड्न तैयार छ । बुटवलमा संशोधन प्रस्ताव बालेर एमालेले नारा लगायो– राष्ट्रघाती प्रचण्ड मूदार्वाद ।
भारतवादी प्रचण्डको बिरोध गरौं । स्मरणीय छ– प्रमुख दलहरुबीच १६ बुँदे सहमति हुँदै संविधान जारी गरेपछि खुल्लामञ्चमा आयोजित सभा सम्बोधन गर्दै पुष्पकमल दाहालले ‘कसैको एसम्यान भइन्न’ भनेको प्रशंग निकाल्दै ‘तर, आजभोलि भारतले मान्दैन भन्ने अवस्थामा दाहाल पुगेको निष्कर्ष निकाल्दै भनेको छ– प्रचण्ड भारतका एसम्यान बने ।’
बुधवार प्रम दाहालले चारै दलका नेता बोलाएर वैशाखमा चुनाव गर्ने सगुफा छाडे । एमालेको संशय छ– संशोधन पारित गर्न चारा हालिएको हो । त्यसो हो भने पनि संशोधनमा समर्थन गर्न सकिन्न, फेल गराउने प्रयास गरिनेछ । एमालेले संविधान संशोधन प्रस्तावलाई तीन रणनीतिक हतियार प्रयोग गरेर विफल पार्ने निश्चित गरेको छ ।
सडकमा विरोध प्रदर्शन गर्ने, संसद अवरुद्ध पारिदिने र सर्वोच्च अदालतमा संविधानविपरित भनेर कानुनी उपचार खोज्ने । बुधवार देखि अध्यक्ष केपी ओलीको बोलीअनुसार विपक्षमा एमाले पनि छ भन्ने देखाउन थालिसके ।
भनिन्छ, पुष्पकमल दाहालको पद धरापमा प¥यो ।
एउटा रहस्य के पनि छ भने ५ नम्बरबाट पहाडलाई अलग गराउने माग कसैको थिएन, तर प्रधानमन्त्रीले संशोधनमा ल्याए । आखिर कसको लागि, कसको आदेशमा ? यो रहस्यको विश्लेषण गर्नेहरु भन्छन्– यसमा दिल्लीको बिखण्डनवादी सोच छ ।

3920
Shares

ट्रेन्डिङ