सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • मन्त्री हुमागाईको बोल्ड निर्णयः दूधको मुल्य प्रतिलिटर १० रुपैयाँ बढाउन सरकारसंग माग

मन्त्री हुमागाईको बोल्ड निर्णयः दूधको मुल्य प्रतिलिटर १० रुपैयाँ बढाउन सरकारसंग माग

5105
Shares
मन्त्री हुमागाईको बोल्ड निर्णयः दूधको मुल्य प्रतिलिटर १० रुपैयाँ बढाउन सरकारसंग माग

 

बागमती प्रदेशका कृषि तथा पशुपंक्षी बिकास मन्त्री बसुन्धरा हुमागाईले किसानको पक्षमा एकपछि अर्को निर्णय गर्दै कार्यन्वयनलाई तिब्रता दिनुभएको छ ।

आज मन्त्री हुमागाईको अध्यक्षतामा बसेको प्रदेश दुग्ध बिकास बोर्डको बैठकले किसानको हितलाई विशेष ध्यान दिँदै दूधको मुल्य बढाउने निर्णय गरेको छ । बोर्डको बैठकले गरेको निर्णय कार्यन्वयनका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरिएको मन्त्री हुमागाईले बताउनुभयो ।

‘दूधको मुल्य नबढेको धेरै वर्ष भैसकेको छ । धेरै लामो समय एउटै मूल्य राखिराख्दा किसानलाई निकै समस्या पर्छ । बजारमा पशु आहाराको भाउ बढिरहकोछ ।

तर किसानले उत्पादन गरेको दूधले उचित मुल्य नपाउने हो भने नैराश्यता आउँछ । त्यहि भएर समय सापेक्ष मूल्यका लागि निर्णय गरिएको हो । मन्त्री हुमागाईले भन्नुभयो ।’

प्रदेशभित्रका जिल्लामा सम्बन्धीत प्रदेश सरकारले नै मूल्य सूची कार्यन्वयन गर्न सकिने भएपनि यो समस्या मुलकको सबै प्रदेशमा भएकाले संघीय सरकार मार्फत कार्यन्वयन गर्न अनुरोध गरिएको मन्त्री हुमागाईको भनाई छ ।

‘कृषि क्षेत्रका समस्या र सवाललाई समेत ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो । कृषि क्षेत्र र किसानको हितलाई ध्यानमा राखेर कृषि मैत्री कामलाई निरन्तरता दिइनेछ । म सधैं किसानको हक र हितमा काम गर्नेछु । मन्त्री हुमागाईले भन्नुभयो ।

हुमागाईले कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा नियुक्त भएको १० दिनमै कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र सार्वजनिक गर्नुभएको थियो ।

 

5105
Shares

ट्रेन्डिङ