सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बाह्र वर्षे मकर मेलाबारे डिसिएमसी काभ्रेले गर्यो यस्तो निर्णय

बाह्र वर्षे मकर मेलाबारे डिसिएमसी काभ्रेले गर्यो यस्तो निर्णय

13465
Shares
बाह्र वर्षे मकर मेलाबारे डिसिएमसी काभ्रेले गर्यो यस्तो निर्णय

 

काभ्रेपलान्चोक जिल्ला प्रशासन कार्यालयले जिल्लामा २५ जनाभन्दा बढि भेला नहुन आग्रह गरेको छ ।

बढ्दो को रो ना भाईरसको सं क्र म णलाई मध्येनजर गर्दै प्रशासन कार्यालयले धेरै मानिस भेला नहुन भनेको हो ।

त्यस्तै मेला महोत्सवहरु आयोजना गर्दा २५ जनाभन्दा धेरै भेला नहुने गरि गर्न पनि १३ वटै स्थानीय तह र सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

आज बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले पनौती नरपालिका वडा नं ७ त्रिवेणीघाटमा लाग्ने १२ वर्ष मकर मेलाको सम्बन्धमा मेलाको कार्यक्रम सञ्चालन नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।

२५ जनाभन्दा कम र भिडभाड नहुने गरी स्वस्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाई भक्तजनहरुलाई मकर स्नान मात्रै गर्ने गरि व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

सो कार्यका लागि सुरक्षा निकाय,पनौती नगरपालिका,मेला आयोजक लगायत संग समन्वय गर्ने पनि निर्णय गरेको छ ।

 

 

13465
Shares

ट्रेन्डिङ