सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • काभ्रेमा भएकाे दुर्घटना अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन

काभ्रेमा भएकाे दुर्घटना अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन

6080
Shares
काभ्रेमा भएकाे दुर्घटना अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन

काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डालाबेसीमा भएको दुर्घटनाको अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ।

गृहमन्त्री बालकृष्ण खाणले भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा पाँच जनाको ज्यान जाने गरी भएको दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरी नायब उपरीक्षक हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति बनाइएको हो।

हिजो दिउँसाे सिन्धुलीबाट काठमाण्डौका लागि छुटेको ना १ ज ४२१० नम्बरको जीप भारतीय मिनी बससँग ठोक्किँदा जीपमा रहेका पाँच जनाको ज्यान गएको हो। दुर्घटनामा रामेछापको खाँडादेवी गाउँपालिका-८ की सम्झना भुसाल र उहाँका छोरा ६ वर्षीय सङ्गीतको ज्यान गएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा सिन्धुलीको कमलामाई नगरपालिका-७ का ३० वर्षीय विक्रम श्रेष्ठ, कमलामाई-४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन्।

6080
Shares

ट्रेन्डिङ