सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • काभ्रेको कञ्चनजंघा साकोसले बक्यौता भुक्तानी नगर्ने ऋणीलाई कालो सूचिमा राख्ने

काभ्रेको कञ्चनजंघा साकोसले बक्यौता भुक्तानी नगर्ने ऋणीलाई कालो सूचिमा राख्ने

9650
Shares
काभ्रेको कञ्चनजंघा साकोसले बक्यौता भुक्तानी नगर्ने ऋणीलाई कालो सूचिमा राख्ने

काभ्रेको बनेपामा रहेको कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्थाले असार २० गतेभित्र सम्पर्कमा आउन आफ्ना ऋणीलाई ताकेता गरेको छ।

बनेपा १० पुल बजारमा रहेको उक्त साकोसले आज एक सूचना प्रकाशन गर्दै असार २० भित्र बाँकी बक्यौता भुक्तानी गर्न भनेको हो । किस्ता वा सम्झौता अनुसारको रकम बुझाउन पटक पटक ताकेता गर्दा पनि वेवास्ता गर्दै आएका ऋणीलाई तोकिएको समयमा बक्यौता भुक्तानी गर्न भनिएको हो ।

तोकिएको समयमा बक्यौता भुक्तानी नगरे तीन पुस्ते विवरण सहितको नाम कर्जा सूचना केन्द्रको कालो सूचिमा राखि पत्रपत्रिकामा प्रकाशन गर्ने पनि सूचनामा उल्लेख छ । त्यस्तै ऋण असुल उपरका लागि अन्य कानुनी कारबाही समेत अबलम्बन गर्ने संस्थाका अध्यक्ष श्याम नेपालले जानकारी दिए ।

9650
Shares

ट्रेन्डिङ