सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • नमोबुद्धका महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण

नमोबुद्धका महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण

4805
Shares
नमोबुद्धका महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण

काभ्रे : नमोबुद्ध नगरपालिकामा नवनिर्वाचित महिला जनप्रतिनिधिहरुका लागि आयोजित नेतृत्व सीप विकास प्रशिक्षण मंगलबार समापन भएको छ । प्रशिक्षण आइतबारदेखि सुरु भएको थियो ।

प्रशिक्षणको उद्घाटन नगर प्रमुख कुनसाङ लामाले गरेका थिए । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि देशभरका ७५३ स्थानीय तहमध्ये नमोबुद्ध नगरपालिकाले पहिलोपटक महिला जनप्रतिनिधिका लागि यस्तो किसिमको प्रशिक्षण आयोजना गरेको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।

यो प्रशिक्षण स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र नमोबुद्ध नगरपालिकाले संयुक्तरुपमा आयोजना गरेका हुन् । सहभागीहरुलाई सकारात्मक सोच तथा जीवन शैली र व्यक्तित्व निर्माण, नेतृत्व सीप, महिला, विकास र सूचनाको हक, सञ्चार तथा प्रविधिको प्रयोग, वडाको काम, कर्तव्य र अधिकार, बैठक सञ्चालन निर्णय प्रक्रिया तथा माईन्यूट लेखन, स्थानीय आर्थिक विकास र उद्यमशिलता विकास, योजना तर्जुमा प्रक्रिया लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कुमार दाहाल, राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्त यशोदा तिम्सिना, काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ३० जनाको सहभागिता रहेको थियो ।

4805
Shares

ट्रेन्डिङ