सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जय नेपाल कला केन्द्र आठौं वर्षमा प्रवेश

जय नेपाल कला केन्द्र आठौं वर्षमा प्रवेश

4405
Shares
जय नेपाल कला केन्द्र आठौं वर्षमा प्रवेश

जो नाच्छ ऊ धेरै बाँच्छ भन्ने नाराका साथ काँग्रेसका युवा नेता राजु सुनारको अगुवाईमा स्थापना भएको जय नेपाल कला केन्द्र ७ औं वर्ष पुरा भई आठौं वर्षमा प्रवेश गरेको छ  । आठौं वर्षमा प्रवेशको वाषिकोत्वस कार्यक्रमा जय नेपाल कला केन्द्रले बाल सेवा केन्द्र नेपाल संस्थालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष श्री राजु सुनारले यस जय नेपाल कला केन्द्रलाई अझ सशक्त ढंगले अगाडी बडाउने जस्मा तत्काल बृहत रुपले  “गोकर्णेश्वर स्टार” कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।
साथै आजको मिती सम्म जय नेपाल कला केन्द्रले नेपालकै सबै भन्दा ठुलो रासी भएको रियालिटी सो लिटिल च्याम्प्समा कला केन्द्रको विद्यार्थी बिष्णुु मगर १४,००० जना बाट दोस्रो हुन सफल भएको स्मरण गर्दै अब दिनहरुमा यस कला केन्द्र अझ ठूला ठूला कलाकारहरु उत्पादन गर्ने संस्थापक सुनाले जानकारी दिए ।
नेपाली काँग्रेस का.जि. छेत्र नः ३ का छेत्रिय सभापति श्री सन्तोष चालिसे ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल संस्कृतिक संघको केन्द्रिय नेता श्री सुस्मा कार्की, वरिष्ठ सङ्गित्कर्मी तथा नृत्यकर्मी प्रेम लोप्चन, संगीतकर्मी जिवेस चाम्लिङ राई र राम धिमाल, बरिस्ठ नृत्यकर्मी दक्षिणा लामा र अरुण घिमिरे साथै अरु अन्य  व्यक्तित्वहरुको उस्थिति रहेको थियो ।
कार्यक्तम अनिल सुनामले उद्घोष गरेका थिए भने  नृत्य निर्देशक युद्ध लामाले सबैलाई स्वागत गरे । उक्त दिन कला केन्द्र संस्थाकपक रहेका राजु सुनारको जन्मउत्सव पनि परेका कुरा पनि जय नेपाल कला केन्द्रका प्रोपाइटर बाबुराम विश्वकर्माले जानकारी दिदै कार्यक्रम सब्य र भब्यकाता साथ समापन भएको थियो ।

4405
Shares

ट्रेन्डिङ