सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मन्त्री महत ६ दिने विदेश भ्रमणमा

मन्त्री महत ६ दिने विदेश भ्रमणमा

2860
Shares
मन्त्री महत ६ दिने विदेश भ्रमणमा

काँगेसका बरिष्ठ नेता एवं परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत तीन दिने कतार भ्रमणका लागि प्रस्थान गर्दै हुनुहुन्छ । कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल–थानीको निमन्त्रणामा मन्त्री महत कतार जान लाग्नु भएको हो ।
भ्रमणका क्रममा उहाँले शेख मोहम्मदसँग बुधबार कतारको दोहामा द्विपक्षीय भेट गर्नु कार्यक्रम रहेको छ । मन्त्री महतले कतारका श्रममन्त्रीसँग पनि भेटघाट र छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।
मन्त्री महत दोहामा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । साथै मन्त्री महत आउँदो विहिकार अमेरिका प्रस्थान गर्नुहुने कार्यक्रम पनि तय भै सकेको छ ।
मन्त्री महत गैरआवासीय सङ्घ अमेरिकाको पाँचौं साधारणसभामा प्रमुख अतिथिका रुपमा भाग लिन कतारबाट सिधै अमेरिका प्रस्थान गरी माघ ३ गते स्वदेश फर्कने कार्यक्रम रहेका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

2860
Shares

ट्रेन्डिङ