सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • आज नेपाल र पाकिस्तान भिड्दै

आज नेपाल र पाकिस्तान भिड्दै

1175
Shares
आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं | आईसीसी अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ।

बफेलो पार्क इस्ट लन्डन दक्षिण अफ्रिकामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुनेछ।

प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित थियो। समूहको शीर्ष ३ मा पर्दै अर्को चरणमा पुग्न अबका बाँकी खेलमा नेपाललाई जित्नै पर्ने बाध्यता छ।

पाकिस्तान र नेपालबीच अण्डर नाईन्टिन विश्वकपमा भएका २ खेलमा दुवैले १–१ खेल जितेका छन्। सन् २०१६ मा भएको खेलमा पाकिस्तान १ सय २२ रनले जितेको थियो भने सन् २००२ मा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो। सन् २००० मा यि दुईबीच तय भएको खेल वर्षाले रोकिएको थियो।

जारी प्रतियोगिताको समूह डी मा पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो।

1175
Shares

ट्रेन्डिङ