सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • शिक्षा अधिकृतमाथि दलियो कालो मोसो

शिक्षा अधिकृतमाथि दलियो कालो मोसो

1705
Shares
शिक्षा अधिकृतमाथि दलियो कालो मोसो

धनगढी | कैलालीमा एक सरकारी कर्मचारीमाथि कालो मोसो दलिएको छ।

लम्की चुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेमाथि कालो मोसो दलिएको हो। विभिन्न ६ वटा आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले शिक्षा अधिकृतमाथि कालो मोसो दलेका हुन्।

उनीमाथि नगरपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूसँग अभद्र व्यवहार गरेको, शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामाग्री खरिदमा कमिसन लिएको, बिदाको दिनमा सार्वजनिक सवारी साधनको दुरुपयोग गरेकोलगायतका आरोप लगाएका छन्।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक अशोक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

1705
Shares

ट्रेन्डिङ