सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • स्कुटर दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

स्कुटर दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

1350
Shares
स्कुटर दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा बिहीबार बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान १०ः३० बजे  भएको दुर्घटनामा सागरनाथकै मीनबहादुर थापा मगरकी श्रीमती ४० वर्षीया देवीमाया थापा मगरको घटनास्थलमै मृत्यु भएको हो

दुर्घटनामा  देविमायाका छोरा ११ वर्षीय श्रवण थापा मगर गम्भीर घाइते  भएका छन् । बा ५४ प ६३०७ नम्बरको स्कुटर घुम्ती बाटोमा अनियन्त्रित भई सडक नजिक राखिएको टायरगाढामा गएर ठोक्किएको प्रहरीले जनाएको छ ।

 प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

1350
Shares

ट्रेन्डिङ