सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • चट्याङ लागेर १ बालकको मृत्यु, ३ जना घाइते

चट्याङ लागेर १ बालकको मृत्यु, ३ जना घाइते

765
Shares
चट्याङ लागेर १ बालकको मृत्यु, ३ जना घाइते

अछाम :- चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्युु भएको छ ।

सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताउनुभयो । यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन्भने घर पूर्ण रूपमा नष्ट भएको छ ।

सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।

स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

765
Shares

ट्रेन्डिङ