सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पाचखालमा बाँधेर जलाईएको शबको पहिचान खुल्यो , दोलखाका सुबेदी

पाचखालमा बाँधेर जलाईएको शबको पहिचान खुल्यो , दोलखाका सुबेदी

1035
Shares
पाचखालमा बाँधेर जलाईएको शबको पहिचान खुल्यो , दोलखाका सुबेदी

काभ्रे :- जिल्लाको पाँचखालमा रुखमा बाँधेर जलाईएको अवस्थामा पाँचखाल नगरपालिका वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा पुर्ण रुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको शवको पहिचान खुलेको छ। उक्त शव दोलखा भिमेश्वर नगरपालिका वडा न २, राम्पाका ५४ वर्षीय विष्णुप्रसाद सुवेदीको भएको खुलेको काभ्रे प्रहरीले जानकारी दिएको हो।

छ। ललितपुरको टिकाथली बस्दै आएका उनी गएको २३ वैशाख देखि बेपत्ता भएका थिए । उनी टिकाथलीबाट दोलखा हिँडेका पारिवारिक स्रोतले बताएको छ । २३ गते बसबाट पाँचखालमा ओर्लिएका सुवेदी त्यसैदिन देखि बेपता थिए ।

उनको शव वैशाख २८ गते मुख र छातीमा फलामको तारले रुखमा बाँधि आगो लगाएको अवस्थामा शव फेला परेको हो।

1035
Shares

ट्रेन्डिङ