सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • चण्डेश्वरी जात्रामा दोहोरो झडपमा रथको चुकुल (दाउरा) प्रहार गर्ने सुरज खड्गी पक्राउ

चण्डेश्वरी जात्रामा दोहोरो झडपमा रथको चुकुल (दाउरा) प्रहार गर्ने सुरज खड्गी पक्राउ

930
Shares
चण्डेश्वरी जात्रामा दोहोरो झडपमा रथको चुकुल (दाउरा) प्रहार गर्ने सुरज खड्गी पक्राउ

काभ्रे । जिल्लाको बनेपाको नेवार समुदायले मनाउने चण्डेश्वरी जात्राको अन्तिम दिन गत ११ गते बनेपा तिनधारामा दुई समूह बिच झगडा हुदा एक व्यक्ति रथको चुकुल दाउराले हान्दा एक जना घाइते भएका थिए । रथको चुकुल दाउराले हान्ने लाई बनेपा प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा पक्राउ गरेको छ।

बनेपा नगरपालिका वडा न। वडा ०८ स्थित तिनधारामा दुई समूह बिच झगडा हुँदा बनेपा ०९ बस्ने बर्ष २३ को सुबिन मानन्धरलाई रथको चुकुल दाउराले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका बर्ष २४ को सुरज खड्गीलाई बनेपा प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो।

झडपको भिडियो समेत सामाजिक संजाल भर भाईरल बनेको थियो। झडपमा रथको चुकुल दाउरा प्रहार गर्ने बनेपा ९ निवासी २४ को सुरज खड्गी लाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसूरमा सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको को म्याद थप भई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

घाईते बनेपा वडा न ९ निवासी वर्ष २३ को सुविन मानन्धरलाई तत्काल प्रहरी र स्थानीयले शिर मेमोरियल अस्पताल पुर्याएको र अस्पतालले समेत थप उपचारको लागी अन्नपुर्ण न्युरो अस्पताल पठाएको प्रहरीले जनाएपनि स्वास्थ्य अवस्थाबारे भने प्रहरीले कुनै बिषय सार्वजनिक गरेको छैन।

930
Shares

ट्रेन्डिङ